दफा
परामर्श लिने

(१) आयोगले यस ऐन बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा स्थानीय बासिन्दा, सम्बन्धित विषयका विज्ञ र राजनीतिक दलसँग परामर्श लिन सक्नेछ ।

(२) आयोगले उपदफा (१) को प्रयोजनको लागि आवश्यकता अनुसार कुनै व्यक्तिलाई आयोगमा बोलाई परामर्श लिन सक्नेछ ।

(३)  आयोगले यस दफा बमोजिम कसैसँग परामर्श लिएको वा नलिएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।